logo
२०८१ असोज ११ शुक्रवार



विश्वमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड ५६ लाख नाघ्यो

अन्तर्राष्ट्रिय |


विश्वमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड ५६ लाख नाघ्यो
तस्विर–फाइल


जेनेभा, स्वीट्जरल्याण्ड, साउन ९ गते।
विश्वमा शुक्रबारसम्म एक करोड ५६ लाख ६६ हजार ८४० जना व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् । कोरोना भाइरस सङ्क्रमणको कारण विश्वभरि छ लाख ३६ हजार ७८७ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले बिहीबार जानकारी दिएको छ ।

सङ्क्रमितमध्ये हालसम्म ९५ लाख ५४ हजार ८९० व्यक्ति कोरोनामुक्त भएका छन् । विश्वभरमा ५४ लाख ७५ हजार १६३ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरूको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६६ हजार १८४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबेइ प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४१ लाख ७० हजार १३१ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ४७ हजार ३३३ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ । दक्षिण अमेरिकामा ३५ लाख ४५ हजार ४९७ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । दक्षिण अमेरिकामा एक लाख २९ हजार २१६ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ४८ लाख ८९ हजार ४९७ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । दुई लाख तीन हजार ८८७ जनाको मृत्यु भएको छ ।

युरोपमा २७ लाख ३६ हजार २५६ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने दुई लाख ५३१ को मृत्यु भएको छ । एसियामा ३६ लाख ८२ हजार ५४ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ८६ हजार ६७ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा सात लाख ९२ हजार ४० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १६ हजार ७५६ जनाको मृत्यु भएको छ । ओसियानामा १५ हजार २९३ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १६१ जनाको मृत्यु भएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?