logo
२०८१ असोज ११ शुक्रवार



दक्षिण अफ्रिकाका विद्यालय र क्याम्पसहरू बन्द गर्ने घोषणा

अन्तर्राष्ट्रिय |


दक्षिण अफ्रिकाका विद्यालय र क्याम्पसहरू बन्द गर्ने घोषणा


जोहानसबर्ग
साउन १० गते । दक्षिण अफ्रिकी सरकारले विद्यालय तथा क्याम्पसहरू बन्द गर्ने घोषणा गरेको छ । कोरोना भाइरसको महामारी बढ्दैगएपछि दक्षिण अफ्रिकाका विद्यालय तथा विश्वविद्यालयहरू बन्द गरिएको हो । शुक्रबार यससम्बन्धी आदेश दक्षिण अफ्रिकाका राष्ट्रति सिरिल रामाफोसाले दिनुभएको हो ।

जुलाई २७ तारिखदेखि अगष्ट २४ तारिखसम्म विद्यालय र विश्वविद्यालयहरू बन्द गर्ने आदेश जारी गरिएको अधिकारीहरूले जनाएका छन् । दक्षिण अफ्रिकामा जुलाई १२ यता कोरोना भाइरसका एक लाख ३० हजार जनामा यो सङ्क्रमण देखिएको बताइएको छ ।
शनिबारसम्म चार लाखभन्दा बढीमा यो सङ्क्रमण फैलिएको पाइएको छ । दैनिक रुपमा भारी सङ्ख्यामा सङ्क्रमितहरू देखिएकोले विद्यालय, विश्वविद्यालयहरू बन्द गराइएको बताइएको हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?