logo
२०८१ असोज ११ शुक्रवार



ब्राजिलमा सङ्क्रमितको सङ्ख्या २३ लाख नाघ्यो, ८५ हजारभन्दा बढीको मृत्यु

अन्तर्राष्ट्रिय |


ब्राजिलमा सङ्क्रमितको सङ्ख्या २३ लाख नाघ्यो, ८५ हजारभन्दा बढीको मृत्यु


ब्रासिलिया, साउन १० गते । 
ब्राजिलमा कोरोना भाइरसका सङ्क्रमितहरूको सङ्ख्या बढ्दैगएको छ । हरेक दिन हजारौँको सङ्ख्यामा सङ्क्रमितहरू थपिएसँगै सङ्क्रमितको सङ्ख्या २३ लाख नाघेको हो ।
गएको २४ घन्टा यतामात्र सङ्क्रमितको सङ्ख्या ५५ हजार नाघेको छ । शुक्रबार मात्र ५५ हजार ८९१ जना सङ्क्रमित थपिएका छन् । एकै दिनमा यतिधेरै सङ्ख्यामा सङ्क्रमित थपिएका हुन् । तर बिहीबार मात्र पनि योभन्दा पनि बढी सङ्क्रमित थपिएका बताइएको थियो । बिहीबार मात्र त्यहाँ २४ घन्टामा ५९ हजार ९६१ जना सङ्क्रमित थपिएका र एकै दिनमा यो पहिलो पटक त्यहाँ यतिधेरै सङ्ख्यामा सङ्क्रमित थपिएको ब्राजिलका स्वास्थ्य अधिकारीहरूले जनाएका थिए ।

उनीहरूका अनुसार यो सङ्ख्या यहाँका सङ्क्रमितको सङ्ख्या २३ लाख ४३ हजार ३६६ पुगेको छ । यहाँ सङ्क्रमणण शुरु भएयतादेखि १५ लाखभन्दा बढी मानिस निको भएर घर फर्किएका पनि बताइएको छ । ब्राजिल विश्वमै सबैभन्दा धेरै सङ्क्रमित भएका देशमध्ये दोस्रो हो । सबैभन्दा धेरै सङ्क्रमितहरू अमेरिकामा छन् । अमेरिकामा कोरोनाका करिब ४० लाख सङ्क्रमित पुगेका छन् । ब्रालिजमा गएको २४ घन्टायतामात्र १ हजार १५६ जनाको ज्यान गएको छ । कोरोना सङ्क्रमितहरूको मृत्यु हुने सङ्ख्या पनि यहाँ दिनप्रतिदिन बढ्दै गएको देखिएको छ ।
विश्व स्वास्थ्य सङ्गठनले गएको मार्च ११ मा कोभिड १९ लाई महामारीका रुपमा घोषणा गरेको थियो । त्यसयता विश्वका विभिन्न देशमा गरी एक करोड ५६ लाख मानिसहरू सङ्क्रमित भइसकेका छन् । त्यस्तै यो महामारीबाट छ लाख ३६ हजार जनाको ज्यान पनि गएको छ । यो भाइरसबाट सबैभन्दा बढी व्यक्ति सङ्क्रमित हुने र ज्यान जाने देश अमेरिका हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?