logo
२०८१ असोज १२ शनिवार



भारतमा कोरोनाबाट मृत्यु भएकाको सङ्ख्या ५० हजारनजिक

अन्तर्राष्ट्रिय |


भारतमा कोरोनाबाट मृत्यु भएकाको सङ्ख्या ५० हजारनजिक
तस्विर–फाइल


नयाँदिल्ली, साउन ३२ गते ।
भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएर मृत्यु भएकाहरूको सङ्ख्या ५० हजार नजिक पुगेको छ । सरकारी स्वास्थ्य अधिकारीहरूले आइतबार दिएको जानकारी अनुसार भारतमा कोरोनाका कारण मृत्यु भएकाहरूको कुल सङ्ख्या ४९ हजार ९८० पुगेको छ ।
पछिल्लो केही हप्तादेखि दैनिक एक हजारको हाराहारीमा भारतमा कोरोनाका कारण मानवीय क्षति हुँदैआएको तथ्याङ्कले देखाएको छ ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका कारण ९४४ जनाको मृत्यु भएको जनाएको छ ।
भारतमा कोरोनाबाट सोही अवधिमा एकैदिनमा ६३ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । पछिल्ला केही दिनदेखि दैनिक ६० हजारभन्दा बढीको सङ्ख्यामा भारतमा सङ्क्रमितहरू थपिदै आएका छन् ।
सरकारी अधिकारीहरूले आइतबार दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा ६३ हजार ४८९ जना सङ्क्रमित भएका हुन् ।
भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या २५ लाख ८९ हजार ६८२ रहेको छ । ती मध्ये छ लाख ७७ हजार ४४४ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने अरु १८ लाख ६२ हजार २५८ जना सङ्क्रमणमुक्त भइसकेका छन् । कुल सङ्क्रमित मध्ये दुई प्रतिशतभन्दा कमको मात्रै कोरोनाका कारण मृत्यु भएको पाइएको पनि अधिकारीहरूले जानकारी दिएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?