logo
२०८१ असोज १२ शनिवार



न्यूजील्यान्डको चुनाव चार हप्ता पछि सर्यो

अन्तर्राष्ट्रिय |


न्यूजील्यान्डको चुनाव चार हप्ता पछि सर्यो
तस्विर–द स्ट्रेट टाइम्स


वेलिङ्टन, भदौ १ गते । न्यूजील्यान्डकी प्रधानमन्त्री जेसिन्डा आर्डेनले मुलुकमा कोरोनाभाइरसका बिरामी देखिएको भन्दै आम निर्वाचन चार हप्ता पछि सारेको घोषणा गर्नुभएको छ । न्यूजील्यान्डको आम निर्वाचन आगामी सेप्टेम्बर १९ का लागि तोकिएको थियो । दोस्रो कार्यकालका लागि पुनः निर्वाचित हुने अभियानमा रहनुभएकी आर्डेनले आगामी अक्टोबर १७ का लागि नयाँ मिति तोक्नुभएको छ ।
न्यूजील्यान्डमा कोभिड–१९ बाट सङ्क्रमितहरू पुनः देखिएका कारण चुनावमा असर पर्ने भन्दै आम निर्वाचनको मिति पछि सार्नुपरेको पनि उहाँले बताउनुभएको छ । न्यूजील्यान्ड सरकारले शुक्रबार मात्र देशकै सबैभन्दा ठूलो शहर अकल्यान्डमा अरु १२ दिनका लागि लकडाउन गरिएको छ । यस शहरमा कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या एकाएक बढेको देखिएको छ । आइतबार समुदायस्तरमा १२ जना नयाँ सङ्क्रमित भेटिएका थिए । योसहित न्यूजील्यान्डमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ४९ पुगेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?