logo
२०८१ मंसिर ८ शनिवार



कोलम्बियामा सशस्त्र आक्रमणमा नौ जनाको मृत्यु

अन्तर्राष्ट्रिय |


कोलम्बियामा सशस्त्र आक्रमणमा नौ जनाको मृत्यु
तिस्वर–सीटीभी न्युज


नारिनो
भदौ १ गते । पश्चिमी कोलम्बियामा भएको एक सशस्त्र आक्रमणमा परी कम्तीमा नौ जनाको ज्यान गएको छ । नारिनो प्रान्तका प्रान्तीय गभर्नरले सो कुराको जानकारी दिनुभएको छ । गभर्नर जोन रोजाले पश्चिमी कोलम्बियाको सामानिगो नगरपालिकामा नयाँ हिंसाको सो रुप देखिएको बताउनुभयो ।
उहाँले आफ्नो ट्वीटर अकाउन्टमा भन्नुभएको छ कोलम्बियाको सामानिगो नगरपालिकामा भएको पछिल्लो पटक आइतबार भएको हिंसात्मक आक्रमणमा परी कम्तीमा नौ जनाको ज्यान गएको छ र अरु केही व्यक्ति घाइते भएका छन् ।
उहाँले गएको दुई महिना यता त्यहाँ यस्तै हमला भएका र त्यसमा परी कम्तीमा पनि २० जनाको ज्यान गएको छ । उहाँले सो क्षेत्रमा हिंसा मच्चाउने सशस्त्र समूहहरूको उपस्थिति रहेकोले त्यहाँ हिंसा जारी रहेको भन्दै आवश्यक कारबाहीका लागि कडा कदम उठाउन प्रहरीलाई भनिएको पनि बताउनुभयो ।
तर सो क्षेत्रमा कुन समूह र के उद्देश्यले त्यहाँ उपस्थित भएका हुन् र किन हिंसा मच्चाइरहेका छन् भन्ने बारेमा भने उहाँले केही बताउनुभएको छैन ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?