logo
२०८१ असोज १२ शनिवार



विश्वमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई करोड १८ लाख नाघ्यो

अन्तर्राष्ट्रिय |


विश्वमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई करोड १८ लाख नाघ्यो
तस्विर–एपी


जेनेभा, स्वीट्जरल्याण्ड, भदौ १ गते ।
विश्वमा दुई करोड १८ लाख २८ हजार ९२९ जना कोरोना भाइरस सङ्क्रमित भएका विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले शुक्रबार जानकारी दिएको छ । सो सङ्गठनकाअनुसार सोमबारसम्म विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट सात लाख ७३ हजार ११४ जना कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ ।
सङक्रमित मध्ये हालसम्म एक करोड ४५ लाख ६५ हजार १७३ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ६४ लाख ९० हजार ६४२ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । सङ्क्रमितहरु मध्ये ६४ हजार ३२९ जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।
चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ५५ लाख ६६ हजार ६३२ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् ।
यस प्रकोपका कारण अमेरिकामा १ लाख ७३ हजार १२८ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ । दक्षिण अमेरिकामा ५२ लाख ८४ हजार १८८ जना कोरोना भाइरस संक्रमति रहेका छन् । दक्षिण अमेरिकामा एक लाख ७६ हजार १२० जनाको मृत्यु भएको छ ।
उत्तर अमेरिकामा ६५ लाख ६५ हजार ७७४ जना कोरोना भाइरस संक्रमति रहेका छन् । उत्तरमा एक लाख ४७ हजार ५३५ जनाको मृत्यु भएको छ । युरोपमा ३१ लाख ६७ हजार १८२ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने दुई लाख ३ हजार १४७ को मृत्यु भएको छ ।
एसिया ५६ लाख ६२ हजार १९३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने एक लाख २० हजार १७२ जनाको मृत्यु भएको छ ।अफ्रिकामा ११ लाख २३ हजार १४२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २५ हजार ६७८ जनाको मृत्यु भएको छ ।
ओसियानामा २५ हजार ७२९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ४४७ जनाको मृत्यु भएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?