logo
२०८१ असोज १२ शनिवार



कोरोनाबाट सङ्क्रमितको सङ्ख्या दुई करोड २० लाख पुग्यो

अन्तर्राष्ट्रिय |


कोरोनाबाट सङ्क्रमितको सङ्ख्या दुई करोड २० लाख पुग्यो
तस्विर–फाइल


मेरील्याण्ड, भदौ ३ गते । कोरोनाभाइरसबाट विश्वभरि सङ्क्रमित भएकाहरूको सङ्ख्या दुई करोड २० लाख पुगेको छ ।
जोन हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरण अनुसार विश्वभरी अहिलेसम्म दुई करोड १९ लाख ८७ हजार २०७ जना सङ्क्रमित भएका छन् । कुल सङ्क्रमितमध्ये सात लाख ७७ हजार १८ जनाको मृत्यु भइसकेको विश्वविद्यालयले जनाएको छ ।
सबैभन्दा धेरै सङ्क्रमित रहेको अमेरिकामा अहिलेसम्म ५४ लाख ८० हजार ४८७ जना संक्रमित भएका छन् भने एक लाख ७१ हजार ६३६ जनाको मृत्यु भएको छ । अमेरिकापछि दोस्रो धेरै प्रभावित ब्राजिलमा अहिलेसम्म कुल ३३ लाख ५९ हजार ५७० जना सङ्क्रमित भएका छन् । तीमध्ये एक लाख आठ हजार ५३६ जनाको मृत्यु भएको छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले गत मार्च ११ देखि विश्वभरि कोरोनाभाइरसको महामारी फैलिएको घोषणा गरेको थियो । विश्वभरि दैनिक सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ भने मृत्यु हुनेहरूको सङ्ख्या पनि वृद्धि हुँदैगएको छ । दक्षिण एसियामा भारतमा सबैभन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन् । पछिल्लो विवरणअनुसार भारतमा करिब २७ लाख ६९ हजार सङ्क्रमित भएका र तीमध्ये ५३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?