logo
२०८१ असोज १२ शनिवार



भारतमा कोरोनाभाइरसबाट थप ६४ हजार सङ्क्रमित

अन्तर्राष्ट्रिय |


भारतमा कोरोनाभाइरसबाट थप ६४ हजार सङ्क्रमित
तस्विर–एपी


नयाँदिल्ली, भदौ ३ गते । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरूको कुल सङ्ख्यामा ६४ हजारभन्दा बढी थपिएका छन् । सरकारी अधिकारीहरूले बुधबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ६४ हजार ५३१ जना सङ्क्रमित थपिएका छन् ।
सोही अवधिमा भारतमा एक हजार ९२ जनाको कोरोनाकै कारण मृत्यु भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरूको कुल सङ्ख्या २७ लाख ६७ हजार २७४ पुगेको मन्त्रालयको तथ्याङ्क छ ।
कुल सङ्क्रमितमध्ये भारतमा अहिले पनि छ लाख ७६ हजार ५१४ जना सङ्क्रमित अवस्थामै रहेका छन् । अरु २० लाख ३७ हजार ८७१ जना भने सङ्क्रमणमुक्त भइसकेका छन् । भारतमा कोरोनाभाइरसकै कारण अहिलेसम्म ५२ हजार ८८९ जनाको मृत्यु भएको छ । मन्त्रालयले अहिलेसम्म देशभरी तीन करोड १७ लाख ४२ हजार ७८२ जनाको कोरोना परीक्षण गरिएको जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?