logo
२०८१ असोज १२ शनिवार



बिमाका लागि दश लाखभन्दा बढीको निवेदन

अन्तर्राष्ट्रिय |


बिमाका लागि दश लाखभन्दा बढीको निवेदन
तस्विर–एनबीसी न्यूज


वासिङ्टन, भदौ ५ गते । कोरोनाभाइरसको सङ्क्रमण फैलिँदै गएकाले अमेरिकामा बिमाका लागि आवेदन दिनेहरूको सङ्ख्यामा पनि वृद्धि भएको छ । कोरोनाका कारण काम गर्न नपाएको वा उद्योग धन्दाहरू बन्द भएकोले निरन्तर रोजगारी गुमाएर बेरोजगार भएपछि बेरोजगार बिमाका लागि निवेदन दिनुपरेको हो ।
अमेरिकामा पछिल्लो पाँच महिनादेखि बेरोजगारीको समस्या बढ्दैगएको छ भने मुलुककै आर्थिक अवस्थामा समेत असर पर्न थालेको छ । गत हप्ता अहिलेसम्मकै सबैभन्दा धेरै ११ लाख मानिसले बेरोजगार बिमाका लागि निवेदन दिएको समाचार वासिङ्टन पोष्टले लेखेको छ ।
यसअघि अघिल्लो हप्ता नौ लाख ७० हजारभन्दा बढीले निवेदन दिएका थिए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?