logo
२०८१ असोज १२ शनिवार



चीन र पाकिस्तानका विदेशमन्त्रीबीच वार्ता

अन्तर्राष्ट्रिय |


चीन र पाकिस्तानका विदेशमन्त्रीबीच वार्ता


इस्लामावाद
भदौ ६ गते । चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानी विदेशमन्त्री साह मोहमुद कुरेसीबीच शनिबार वार्ता भएको पाकिस्तानी पत्रिका ‘डन’ ले जनाएको छ । उक्त पत्रिकाका अनुसार उहाँहरूबीच शनिबार बिहान भएको वार्तामा हाल पाकिस्तानमा फैलिएको कोरोना भाइरसको महामारीका बारेमा कुराकानी भएको थियो ।
पाकिस्तानी विदेशमन्त्री कुरेसी हाल चीन भ्रमणमा हुनुहुन्छ । उहाँ चीनको दुई दिनको भ्रमणका क्रममा हाल त्यहाँ रहनुभएको पनि सो पत्रिकाले जनाएको छ । उक्त पत्रिकाका अनुसार उहाँहरूबीच कोरोना भाइरस महामारीका अतिरिक्त चीन पाकिस्तान द्विपक्षीय सम्बन्ध र क्षेत्रीय विषयमा विभिन्न मुद्दामा छलफल भएको बताएको छ ।
चीन पाकिस्तानका विदेशमन्त्री बीच चीनको हाइनानमा हुने द्विपक्षीय रणनीतिक वार्ताको कार्यक्रमका लागि पाकिस्तानी विदेशमन्त्री कुरेसी चीन जानुभएको हो । उहाँहरूबीच भएको वार्तामा दुवै देशका विदेशमन्त्री द्विपक्षीय शान्ति र समृद्धिका साथै अरु साझा चासोका विभिन्न विषयमा सहमत हुनुभएको बताइएको छ ।
उहाँहरूबीच कोरोना भाइरसको बढ्दो सङ्क्रमण रोक्नका लागि मिलेर अघि बढ्ने विषयमा पनि सहमति भएको डन पत्रिकाको अनलाइन संस्करणले जनाएको पाकिस्तानको राजधानी इस्लामावादबाट प्राप्त भएको समाचारमा जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?