logo
२०८१ असोज १२ शनिवार



भारतमा सङ्क्रमितको सङ्ख्या तीस लाख पुग्यो, एकैदिनमा ७० हजार सङ्क्रमित

अन्तर्राष्ट्रिय |


भारतमा सङ्क्रमितको सङ्ख्या तीस लाख पुग्यो, एकैदिनमा ७० हजार सङ्क्रमित
तस्विर-फाइल


नयाँदिल्ली, भदौ ६ गते । 
भारतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरूको सङ्ख्या झण्डै तीस लाख पुगेको छ । सरकारी अधिकारीहरूकाअनुसार कुल सङ्क्रमितको सङ्ख्या २९ लाख ७५ हजार ७०२ पुगेको हो । तीमध्ये ६९ हजार ८७८ जना पछिल्लो २४ घण्टामा थपिएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार जनाएको छ ।

कुल सङ्क्रमितमध्ये छ लाख ९७ हजार ३३० जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् । त्यसबाहेक २२ लाख २२ हजार ५७८ जना सङ्क्रमणमुक्त भएका छन् । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये ९४५ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको पनि अधिकारीहरूले जनाएका छन् ।

योसँगै भारतमा कोरोनाका कारण अहिलेसम्म कुल ५५ हजार ७९४ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्क छ । तीमध्ये सबैभन्दा धेरै महाराष्ट्र प्रदेशमा मृत्यु भएको छ । महाराष्ट्रमा मात्रै कोरोनाका कारण २१ हजार ६९८ जनाको मृत्यु भएको छ भने एक लाख ६४ हजार ८७९ जना सङ्क्रमित भएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?