logo
२०८१ असोज १२ शनिवार



ब्राजिलमा कोरोना भाइरसबाट एक लाख १३ हजारभन्दा बढीको मृत्यु

अन्तर्राष्ट्रिय |


ब्राजिलमा कोरोना भाइरसबाट एक लाख १३ हजारभन्दा बढीको मृत्यु
तस्विर-द् न्यू डेली


ब्रासिलिया
भदौ ६ गते। कोरोना भाइरससँग लडिरहेको ब्राजिलमा गएको २४ घण्टाभित्र ३२ हजार जना भन्दा बढीको संख्यामा सङ्क्रमितहरु भेटिएका छन् । पछिल्लो २४ घण्टामा मात्र ३२ हजार ५५४ जना कोभिड १९ का सङ्क्रमित भेटिएको हो।
त्यसैगरी गएको २४ घन्टामा एक हजार बढीको मृत्यु भएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार एक हजार ५४ जनाको गएको २४ घन्टामा नै निधन भएको हो ।
अघिल्लो दिनको तुलनामा सङ्क्रमितको संख्यामा भने कमी आएको बताइएको छ । अघिल्लो दिन ४५ हजार जनामा सङ्क्रमण देखिएकोमा २४ घन्टायता त्यसमा कमी आएको हो ।
अहिलेसम्म संक्रमितको संख्या ३५ लाख ३६ हजार जना पुगेको बताइएको छ । यहाँका २६ लाख ७० हजार भन्दा बढी नागरिक भने निको भएर घर फर्र्किएका छन् ।
ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख १३ हजारभन्दा बढी पगेको बताइएको छ । यस संक्रमणबाट विश्वमा २ करोड ३१ लाख भन्दा बढी नागरिक संक्रमित भएका छन् भने ८ लाख ३ हजारभन्दा बढीको ज्यान गइसकेको छ ।

ब्राजिल अमेरिकापछि सबैभन्दा बढी सङ्क्रमित हुने देश हो । अमेरिकामा कोरोना भाइरसका करिब ५८ लाख मानिस सङ्क्रमित पाइएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?