logo
२०८१ असोज १२ शनिवार



मालदिभ्समा कोभिड-१९ का सङ्क्रमित बढ्दै

अन्तर्राष्ट्रिय |


मालदिभ्समा कोभिड-१९ का सङ्क्रमित बढ्दै
तस्विर सिन्हवा


माले, भदौ ८ गते।
दक्षिण एसियाको सानो देश मालदिभ्समा पनि कोभिड-१९ का सङ्क्रमितहरूको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको बताइएको छ । राजधानी मालेमा सङ्क्रमितहरूको सङ्ख्या छ हजार नाघेको छ । दक्षिण एसियाको सानो टापु देश मालदिभ्समा पनि पछिल्लो समयमा कोभिड १९ का सङ्क्रमितहरू बढेका जनाइएको हो ।
कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या २६ पुगेको स्थानीय मिडियाहरूले जनाएका छन् । मालदिभ्सको स्वास्थ्य सुरक्षा निकायका अनुसार सङ्क्रमण हुने व्यक्तिको सङ्ख्या छ हजार ७७९ पुगेको छ ।
सङ्क्रमितमध्ये चार हजार २२२ जना निको भएर घर फर्किएका छन् । अहिले पनि २ हजार ५३२ जना भने सङ्क्रमित नै रहेका र उपचार गराइरहेका छन् । अधिकारीहरूले बाहिरबाट आएका व्यक्तिहरूबाट कारोना भाइरसको सङ्क्रमण बढ्दै गएको पाइएको पनि बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?