logo
२०८१ असोज १२ शनिवार



एकै परिवारका पाँच सदस्यको घरमै झुण्ड्याएर हत्या

अन्तर्राष्ट्रिय |


एकै परिवारका पाँच सदस्यको घरमै झुण्ड्याएर हत्या
तस्विर-फाइल


टिकमगढ, मध्यप्रदेश, भदौ ८ गते । 
भारतको मध्यप्रदेशस्थित एक घरका पाँच जना सदस्यको उनीहरूकै घरमा झुण्ड्याएर हत्या गरिएको पाइएको प्रहरीले जनाएको छ । परिवारका सबै सदस्यलाई झुण्ड्याइएको भन्ने सूचनाका आधारमा गएको प्रहरीले उनीहरूको हत्या गरिएको पाइएको जनाएको हो ।

आइतबार राति सो घटना भएको प्रहरीले जनाएको छ । ती सबै शवलाई प्रहरीले अहिले पोष्टमार्टमका लागि पठाइएको जानकारी दिएको छ । उनीहरू एकै घरका परिवार रहेको जानकारी छिमेकीले दिएका छन् भने हत्याको कारण के हो र कसले गरेको हो भन्ने बारेमा केही थाहा भएको छैन ।

भारतीय प्रहरीका अनुसार यस घटनाको ‘फोरेन्सिक साइन्स ल्याब’का अधिकारीहरूको सहयोगमा अनुसन्धान भइरेहको र अनुसन्धानपछि त्यो घटना किन र कसरी भएको हो भन्ने बारेमा पत्ता लाग्ने छ ।
भारतीय राज्य मध्यप्रदेशको टिकमगढ जिल्लामा सो दुर्घटना भएको बताइएको छ । आइतबार राति घरका सबै जना सदस्यलाई झुण्ड्याएर हत्या गरिएको भने पुष्टि भएको सो टिकामगर जिल्लाका एसपी प्रशान्त खरेले यहाँका स्थानीय सञ्चारमाध्यमहरूलाई जानकारी दिनुभएको छ ।

खरेले सञ्चारमाध्यमहरूलाई आफूहरूले वैज्ञानिक रुपमा यसको अनुसन्धान गर्ने र सबै तथ्य अनुसन्धानपछि पत्ता लाग्ने बताउनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?