logo
२०८१ असोज १२ शनिवार



अमेरिकी विदेशमन्त्री पोम्पेओ इजरायल, युएई, सुडान र बहराइन जाने   

अन्तर्राष्ट्रिय |


अमेरिकी विदेशमन्त्री पोम्पेओ इजरायल, युएई, सुडान र बहराइन जाने   
तस्विर-द टाइम्स अफ इजरायल


वासिङ्टन डिसी, भदौ ८ गते।     
संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओले इजरायल, संयुक्त अरब इमिरेट्स, सुडान, बहराइनको भ्रमण गर्नुहुने भएको छ । अमेरिकी विदेशमन्त्रालयले प्रकाशन गरेको प्रेस विज्ञप्तिमा सो कुराको जानकारी गराइएको हो ।    
    
संयुक्त राज्य अमेरिकाको विदेशमन्त्रालयका प्रवक्ताले सो विज्ञप्तिमा भन्नुभएको छ– विदेशमन्त्री पोम्पेओले यही अगष्टको २३ देखि २८ तारिखसम्म इजरायल, संयुक्त अरब इमिरेट्स, सुडान र बहराइनको भ्रमण गर्नुहुने भएको छ ।    
    
भ्रमणका क्रममा उहाँले इजरायलका प्रधानमन्त्री वेन्जामिन नेतान्याहूसँग भेटवार्ता गर्नुहुने भएको छ । सो विज्ञप्तिमा जनाइएअनुसार विदेशमन्त्री पोम्पेओले इजराय अमेरिका सम्बन्धका साथै अरु विविध क्षेत्रीय विषयमा पनि कुराकानी गर्नुहुने छ ।    
    
सुडानमा पनि विदेशमन्त्री पोम्पेओले त्यहाँका प्रधानमन्त्री अब्देल्लाह हामदोक तथा सार्वभौम काउन्सिलका अध्यक्ष अब्देल फताह अल बुरानसँग भेटवार्ता गर्नुहुने भएको छ । त्यस अवसरमा विदेशमन्त्री पोम्पेओले इजरायल र सुडानबीचको सम्बन्धका विविध पक्षहरुका साथै अमेरिकी सहयोगको वर्तमान नागरिक सरकारको समर्थन र सहयोगका पक्षमा कुरााकानी गर्नु हुने बताइएको छ ।    
    
विदेशमन्त्री पोम्पेओले यस भ्रमणका क्रममा ती देशको शान्ति, सुरक्षा तथा स्थायित्वका बारेमा अमेरिकी सरकारको आवश्यक सहयोग र सद्भावका बारेमा कुराकानी गर्नुहुने भएको पनि सो विज्ञिप्तिमा जनाइएको छ ।    
    
आगामी हप्ता इजरायल र संयुक्त अरब इमिरेट्सबीच हुन लागेको द्धिपक्षीय बैठकमा ती दुई देशबीचको व्यापार, पर्यटन, आर्थिक लगानी, दुई देशबीचको प्रत्यक्ष हवाई उडान, दुरसञ्चार तथा अन्य प्राविधिक विकासका क्षेत्रमा सहमतिमा हस्ताक्षर हुन लागेको बताइएको छ ।    
    
यो विषयमा केही दिन अघि यी दुवै देशका तर्फबाट प्रकाशन भएको संयुक्त वक्तव्यमा जनाइएको सो समाचारमा उल्लेख गरिएको छ ।    

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?