logo
२०८१ असोज १२ शनिवार



चिनियाँ विदेशमन्त्री वाङ युरोप भ्रमणमा

अन्तर्राष्ट्रिय |


चिनियाँ विदेशमन्त्री वाङ युरोप भ्रमणमा


बेइजिङ, भदौ ९ गते ।
चिनियाँ विदेशमन्त्री वाङ यीले आजदेखि केही युरोपेली देशहरूको भ्रमण गर्नुहुने भएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिचियानले सोमबार याे जानकारी दिनुभएको हो ।

उहाँले दिनुभएको जानकारीअनुसार विदशेमन्त्री वाङ इटाली, नेदरल्याण्ड, नर्वे, फ्रान्स र जर्मनीको भ्रमणमा जान लाग्नुभएको हो । उहाँ यही अगष्ट २५ अर्थात् आजदेखि आगामी सेप्टेम्बर १ सम्म ती युरोपेली देशको भ्रमणमा रहनुहुने जानकारी प्रवक्ता चाओले दिनुभएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?