logo
२०८१ असोज १२ शनिवार



अमेरिकी र बेलायती विदेशमन्त्रीबीच इजरायलमा भेटवार्ता

अन्तर्राष्ट्रिय |


अमेरिकी र बेलायती विदेशमन्त्रीबीच इजरायलमा भेटवार्ता


तेल अविव, इजरायल, भदौ ९ गते। संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओले बेलायती विदेशमन्त्री डोमिनिक राबबीच भेटवार्ता गर्नु भएको छ । उहाँहरुबीच सोमबार इजरायलको जेरुसेलममा भेटवार्ता भएको बताइएको छ । उहाँहरुबीचको सो वार्तामा दुई देशबीचको विदेश नीतिको प्राथमिकताका साथै आपसी हितका विविध विषयमा कुराकानी भएको बताइएको छ ।
अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओले बेलायती विदेशमन्त्री डोमिनिक राबबीच इजरालयमा भेटवार्ता भएको अमेरिकी विदेशमन्त्रालयले प्रकाशन गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।
संयुक्त राज्य अमेरिकाको विदेशमन्त्रालयका प्रवक्ताले सो विज्ञप्तिमा भन्नुभएको छ– विदेशमन्त्री पोम्पेओ र बेलायती विदेशमन्त्री राबबीच द्धिपक्षीय वार्ता भएको र त्यस क्रममा उहाँहरुबीच इरानका कारणले त्यस क्षेत्रमा पारेको प्रभावका बारेमा पनि कुरा भएको थियो । साथै सो वार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति विचार ९पिस भिजन० का बारेमा पनि कुराकानी भएको सो विज्ञप्तिमा जानकारी दिइएको छ ।
संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री पोम्पेओ इजरायल, संयुक्त अरब इमिरेट्स, सुडान, बहराइनको भ्रमणका क्रममा निस्किनुभएको हो । उहाँ सोमबार इजरायलमा हुनुहुन्थ्यो । अमेरिकी विदेशमन्त्री पोम्पेओ यही अगष्ट २३ देखि २८ तारिखसम्म इजरायल, संयुक्त अरब इमिरेट्स, सुडान र बहराइनको भ्रमणका लागि निस्किनुभएको थियो ।
भ्रमणका क्रममा उहाँले इजरायलका प्रधानमन्त्री वेन्जामिन नेतान्याहूसँग भेटवार्ता गर्नुभएको छ । त्यस्तै उहाँले सुडानका प्रधानमन्त्री अब्देल्लाह हामदोक तथा सार्वभौम काउन्सिलका अध्यक्ष अब्देल फताह अल बुरानसँग भेटवार्ता गर्नुहुने छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?