नयाँदिल्ली
भदौ १३ गते । भारतमा कोरोनाभाइरसबाट एकैदिनमा ७६ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा ७६ हजार ४७२ जना सङ्क्रमित भएको जनाएको छ ।
मन्त्रालयका अनुसार योसँगै भारतमा शनिबार बिहानसम्म सङ्क्रमित भएकाहरूको सङ्ख्या ३४ लाख ६३ हजार ९७३ पुगेको छ । कुल सङ्क्रमितमध्ये सात लाख ५२ हजार ४२४ जनामा भाइरसको प्रकोप अझै सक्रिय रहेको छ भने अरु २६ लाख ४८ हजार ९९९ जना सङ्क्रमणमुक्त भएका छन् ।
प्रदेश अनुसार हेर्दा सबैभन्दा प्रभावित भएको महाराष्ट्र प्रदेशमा अहिलेसम्म एक लाख ८१ हजार ५० जना सङ्क्रमित भएका छन् । त्यसैगरी दोस्रो धेरै प्रभावित भएको आन्द्र प्रदेशमा ९६ हजार १९१ जना सङ्क्रमित भएको अधिकारीहरूले जनाएका छन् ।