logo
२०८१ असोज १३ आईतवार



अमेरिकी राष्ट्रपतिद्वारा भारतीय प्रधानमन्त्रीको प्रशंसा

अन्तर्राष्ट्रिय |


अमेरिकी राष्ट्रपतिद्वारा भारतीय प्रधानमन्त्रीको प्रशंसा


वासिङ्टन, भदौ २० गते।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गर्नुभएको छ । भारतीय प्रधानमन्त्री मोदी आफ्नो साथी भएको र उहाँले राम्रो काम गरिरहेको उल्लेख ट्रम्पले गर्नुभएको छ ।

स्थानीय समयानुसार शुक्रबार उहाँले भन्नुभएको छ, “प्रधानमन्त्री नरेन्द्र मोदी मेरो साथी हुनुुहन्छ, उहाँले धेरै राम्रो काम गरिरहनु भएको छ । उहाँ धेरै राम्रो नेता हुनुहुन्छ ।” ट्रम्पले अहिले काम गर्न धेरै गाह्रो भएको बताउदै यस्तो बेलामा पनि मोदीले जे गरिरहनु भएको छ, त्यो धेरै राम्रो भएको दाबी गर्नुभयो ।
पत्रकार सम्मेलनमा बोल्ने क्रममा राष्ट्रपति ट्रम्पले आफ्नो दुई दिने भारत भ्रमणको प्रशंग समेत जोड्दै मोदीको थप प्रशंसा गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?