logo
२०८१ असोज १३ आईतवार



भारतमा कोरोनाबाट एकै दिनमा करिब ९१ हजार सङ्क्रमित

अन्तर्राष्ट्रिय |


भारतमा कोरोनाबाट एकै दिनमा करिब  ९१ हजार सङ्क्रमित


नयाँ दिल्ली, भदौ २१ ग्ते।
भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको दैनिक सङ्ख्या प्रतिदिन वृद्धि भइरहेको छ ।
पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै ९० हजार ६३३ जना सङ्क्रमित भएको अधिकारीहरुले जानकारी दिएका छन् । योसँगै भारतमा कोरोनाभाइरसबाट अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या ४१ लाखभन्दा बढी पुगेको देखिएको छ ।
संघीय (केन्द्रीय) स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार भारतमा कोरोनाकै कारण मृत्यु भएकाहरुको सङ्ख्या अहिलेसम्म ७० लाख ६२६ पुगेको छ ।
कुल मृतकमध्ये एक हजार ६५ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको पनि मन्त्रालयले आइतबार जनाएको छ । भारतमा कोरोनाका कारण अहिलेसम्म ४१ लाख १३ हजार ८१२ जना सङ्क्रमित भएका छन् । ती मध्ये ३१ लाख ८० हजार ८६६ जना सङ्क्रमणमुक्त भइसकेका छन् ।
अधिकारीहरूका अनुसार अरु आठ लाख ६२ हजार ३२० जना अझै पनि सङ्क्रमित अवस्था मै रहेका छन् । भारतमा अहिलेसम्म चार करोड ८८ लाख मानिसको कोरोना परीक्षण गरिएको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले जानकारी दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?