logo
२०८१ असोज १३ आईतवार



कोरोनाविरुद्धको चिनियाँ खोप ५० हजार जनामा तेस्रो चरणको परीक्षण

अन्तर्राष्ट्रिय |


कोरोनाविरुद्धको चिनियाँ खोप ५० हजार जनामा तेस्रो चरणको परीक्षण


बेइजिङ्, भदौ २१ ग्ते। चीनमा बनाएईको कोरोनाभाइरस विरुद्धको खोप अहिले तेस्रो चरणमा परीक्षण भइरहेको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार चिनियाँ उक्त खोप झण्डै ५० हजार मानिसमा परीक्षण भइरहेको हो । उक्त खोपलाई चीनको राष्ट्रिय बायोटेक समूह नामक कम्पनीले विकास गरेको हो ।
कम्पनीले एक विज्ञप्ति जारी गर्दै कोभिड–१९ विरूद्धको उक्त खोप बहराइन, युएइ, मोरोक्को, पेरु, अर्जेन्टिनालगायतका देशहरुमा परीक्षण भइरहेको जानकारी गराएको छ । चीनमा त्यस बाहेक अर्को खोप पनि विकास गरिएको छ । सो खोप सिनोभाक कम्पनीले विकास गरेको हो । यसको पनि तेस्रो चरणको परीक्षण भइरहेको चिनियाँ स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?