logo
२०८१ असोज १३ आईतवार



भारतीय र इरानी रक्षामन्त्रीबीच अफगानिस्तानको शान्तिबारे छलफल

अन्तर्राष्ट्रिय |


भारतीय र इरानी रक्षामन्त्रीबीच अफगानिस्तानको शान्तिबारे छलफल
तस्वि- रेडिफ


तेहरान
भदौ २२ गते। भारतीय रक्षामन्त्री राजनाथ सिंह र इरानका रक्षामन्त्री ब्रिगेडियर जनरल अमिर हतामीबीच भेटवार्ता भएको छ । उहाँहरुबीच इरानको राजधानी तेहरानमा भेटवार्ता भएको आइतबार भारतीय रक्षामन्त्री सिंहले ट्वीटमार्फत जानकारी दिनुभएको छ ।

उहाँले सो भेटघाट निकै फलदायी रहेको बताउनुभएको छ । त्यस भेटका क्रममा क्षेत्रीय शान्तिका साथै अफगानिस्तानका विषयमा पनि कुराकानी भएको थियो । मस्को पुग्नुभएका भारतीय रक्षामन्त्री सिंह त्यहाँबाट फर्किने क्रममा इरान जानुभएको थियो र सोही क्रममा भारत र इरानबीचको द्धिपक्षीय प्रतिरक्षासम्बन्धी मुद्धामा छलफल भएको थियो ।

सो कुराको जानकारी इरानी रक्षामन्त्रालयले जानकारी दिएको हो । उहाँहरुबीच यस क्षेत्रको क्षेत्रीय शान्तिका विषयमा छलफल भयो । त्यसैगरी अफगानिस्तानको शान्ति तथा त्यहाँको स्थायित्वका बारेमा पनि उहाँहरुबीचमा कुराकानी भएको थियो ।

अफगानिस्तानमा शान्ति स्थापनाका लागि त्यहाँका तालिबान र सरकारबीच वार्ता हुने तयारी भएको छ । यसका लागि अफगानिस्तानबाट वार्ता टोली कतारको राजधानी दोहा जाने भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?