logo
२०८१ मंसिर ७ शुक्रवार



कराँची आक्रमणमा १३ जनाको मृत्यु

अन्तर्राष्ट्रिय |


कराँची आक्रमणमा १३ जनाको मृत्यु
तस्विर-फाइल


कराँची,पाकिस्तान, साउन ३१ गते।
पाकिस्तानको कराँचीमा शनिबार भएको ग्रिनेड आक्रमणमा परी कुल १३ जनाको मृत्यु भएको र अन्य कैयौँ घाइते भएका जियो न्युजले बताएको छ । आक्रमण बेलुकी ९ः३० बजेतिर बाल्डिया टाउनको मवाच गोथ क्षेत्र नजिकै भएको थियो । विस्फोटन भएको ठाउँबाट भेटिएका अवशेषहरूको प्रयोग गर्दै गरेको प्रारम्भिक अनुसन्धानबाट स्थानीय प्रहरीले आक्रमणमा एउटा ग्रिनेड प्रयोग गरिएको बताएको छ ।
“यस आक्रमणको पछाडि को थियो, हामी भन्न सक्दैनौं । घटनाको प्रकृति हेर्दा पारिवारिक विवाद जस्तो देखिएको छ यसबारे थप अनुसन्धान भइरहेको छ,” स्थानीय एक प्रहरी अधिकारीले बताए ।
प्रहरी अतिरिक्त महानिरीक्षक इमरान याकोबले भन्नुभयाे, “यो आतंकवादी हमला पनि हुन सक्छ । हामीसित यसबारे अझै कुनै ठोस प्रमाण नभेटिएको र अनुसन्धान जारी रहेकोले कुनै निष्कर्षमा पुगिहाल्नु हतार हुनेछ ।”
आतंकवाद विरोधी विभाग (सीटीडी)का वरिष्ठ अधिकारी, राजा उमर खत्ताबले प्रारम्भिक अनुसन्धानले यो ग्रेनेड आक्रमण भएको देखिएको बताउनुभयो । गाडीको कुनै भागमा ठोकिनु अघि नै ग्रिनेड विस्फोट भएकोजस्तो देखिएको उहाँले बताउनुभयो ।
आक्रमणकारीहरु मोटरसाइकलमा आइ आक्रमण गरेको प्रारम्भिक अनुसन्धानले देखाउँछ । थप कुरा अनुसन्धानपछि मात्र भन्न सकिन्छ ।
अतिरिक्त प्रहरी डा. कारार अब्बासीले डा. रुथ फाउ सिभिल अस्पतालमा १० जनाको मृत शरीर ल्याइएको पुष्टि गर्नुभयो । उहाँका अनुसार पीडितहरूमध्ये छ जना महिला र चार जना केटाकेटी थिए । घटनामा घाइते भएका अन्य १० जनालाई उपचारका लागि अस्पताल ल्याइएको अब्बासीले बताए । सिन्धका मुख्यमन्त्री मुराद अली शाहले घाइतेहरुलाई नजिकैको अस्पतालमा पु¥याउन प्रहरी र जिल्ला प्रशासनलाई निर्देशन दिँदै घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?