logo
२०८१ मंसिर ७ शुक्रवार



जापानका प्रधानमन्त्री सुगा अमेरिका जाने

अन्तर्राष्ट्रिय |


जापानका प्रधानमन्त्री सुगा अमेरिका जाने
तस्विर–टाइम


टोकियो, भदौ २४ गते।
जापानका प्रधानमन्त्री योशिहिडे सुगा अमेरिका भ्रमणमा जानु हुने भएको छ । सेप्टेम्बर महिनाको अन्त्यमा उहाँ अमेरिका जाने निर्णय भएको सरकारी अधिकारीले जानकारी दिएका छन् । क्वाडा सम्मेलनमा सहभागी भइ विभिन्न देशका शिर्ष नेतासँग सुरक्षासम्वन्धी विषयमा छलफल गर्न उहाँ अमेरिकाको वासिङ्ट जानुहुने भएको हो ।
सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेन, अष्टे«लियाका प्रधानमन्त्री स्कट मोरिसन, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलगायत सहभागी हुने तय भएको छ । जापानका प्रधानमन्त्री सुगाको यो भ्रमण नै अन्तिम बैदेशिक भ्रमण हुनसक्ने देखिएको छ । यही सेप्टेम्बरको अन्त्यमा हुने पार्टीको निर्वाचनमा उम्मेदवार नबन्ने भएकाले उहाँले पार्टीको निर्वाचनपछि प्रधानमन्त्री पदसमेतबाट बाहिरिनु पर्ने छ ।
कोरोनाभाइरसको महामारीका विरुद्धमा प्रभावकारी काम गर्न नसकेको भन्दै प्रधानमन्त्री सुगाप्रति धेरैतिरबाट असन्तुष्टि व्यक्त भएको छ । त्यही असन्तुष्टिका कारण उहाँले प्रधानमन्त्री पद त्याग्ने उद्देश्यले पार्टीको जिम्मेबारीसमेत नलिने हुनुभएको हो । जापानको सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टीको महाधिवेशन यही सेप्टेम्बरको अन्त्यमा हुन लागेको छ । त्यस अधिवेशनमा उहाँले आफूले उम्मेदवारी नदिने र नेतृत्व अन्य नेतालाई हस्तान्तरण गर्न चाहेको बताउनु भएको छ ।
तत्कालिन प्रधानमन्त्री सिन्जे आवेको आकस्मीकरुपमा प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि सुगा अघिल्लो वर्ष प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको थियो । झण्डै एक वर्षे कार्यकाल विताएर उहाँले देशको कार्यकारी प्रमुख पदबाट विदा लिन लाग्नु भएको उहाँ निकटस्थले जानकारी दिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?