logo
२०८१ जेष्ठ ६ आईतवार



इजरायलका विदेशमन्त्री बहराइनमा

अन्तर्राष्ट्रिय |


इजरायलका विदेशमन्त्री बहराइनमा


मनामा, असोज १४ गते । इजरायलका विदेशमन्त्री याइर लापिडले बिहीबार बहराइनको ऐतिहासिक भ्रमण शुरु गर्नुभएको छ । बहराइनमा इजरायली दूतावास खोल्ने एजेन्डासहित उहाँ त्यहाँ पुग्नुभएको समाचारमा उल्लेख छ ।
गल्फ एयरको विमान दुई देशहरु बीचको पहिलो व्यावसायिक उडान उड्ने क्रममा रहेको अवस्थामा इजरायली विदेशमन्त्री लापिड बहराइनको विमानस्थलमा उत्रिनुभएको थियो ।

संयुक्त अरब इमिरेट्स, मोरोक्को र सुडानले गतवर्ष अब्राहम समझौताको रूपमा चिनिने सम्झौताअन्तर्गत सम्बन्ध स्थापित गरेपछि क्षेत्रीय सम्बन्धमा सुधारको लागि बहराइनमा पहिलो द्विपक्षीय मन्त्रीस्तरीय भ्रमण इजरायलले शुरु गरेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?