टोकियो, कात्तिक १५ गते । लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) का अध्यक्ष समेत रहेका जापानी प्रधानमन्त्री फुमियो किशिदाले संसदको तल्लो सदनमा आफ्नो पार्टीले चुनाव जित्नु ठूलो कुरा भएको बताउनुभएको छ ।
कोमेटो पार्टीसँगको गठबन्धनमा एलडीपीले कुल ४६५ सिटमध्ये २९३ सिट जितेको छ भने एलडीपी एक्लैले २६१ सिट जितेको छ । “हाम्रो पार्टीले राजनीतिक शक्तिका लागि चुनावमा आधाभन्दा बढी मत प्राप्त गर्न सफल भएको छ यो ठूलो कुरा हो। हामी यसलाई हाम्रो राजनीतिक र संसदीय नेतृत्वमा प्रयोग गर्न चाहन्छौं,ू एनएचके टिभीले किशिदालाई उद्धृत गर्दै उल्लेख गरेको छ ।
पार्टीको जितले अब तल्लो संसदीय सदनका सान्दर्भिक समितिका नयाँ अध्यक्षहरू नियुक्त गर्न र त्यसमा पार्टी आफैंले सबैभन्दा बढी सिट प्राप्त गर्ने सुनिश्चित गर्न सक्नेछ भन्ने हो, किशिदाले भन्नुभयो ।
जापानको तल्लो संसदीय सदनको निर्वाचन आइतबार सम्पन्न भएको छ । देशको प्रमुख प्रतिपक्षी दल संवैधानिक लोकतान्त्रिक पार्टीले ९६ सिट प्राप्त गरेको छ । प्रतिनिधि सभाका लागि नौ दलका एक हजार ५१ उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए ।