logo
२०८१ बैशाख २४ सोमवार



बेलारुस एयरलाइन्सले इराकी, सिरियाली र यमनीलाई टर्कीमा उडान गर्न प्रतिबन्ध लगायो

अन्तर्राष्ट्रिय |


बेलारुस एयरलाइन्सले इराकी, सिरियाली र यमनीलाई टर्कीमा उडान गर्न प्रतिबन्ध लगायो


मस्को, कात्तिक २६ गते । बेलारुसको सरकारी एयरलाइन्सले सिरियाली, इराकी र यमनीहरुलाई टर्कीबाट आउने उडानहरुमा प्रतिबन्ध लगाएको छ । अंकाराको अनुरोधमा उक्त प्रतिबन्ध लगाएको एयरलाइन्सले शुक्रबार जानकारी दिएको छ ।

मिन्स्कले आप्रवासीहरूलाई युरोप पठाउनको लागि ल्याएको आरोप लागेपछि यो प्रतिबन्ध लगाइएको हो । शुक्रबारदेखि टर्कीबाट बेलारुसको उडानमा यी तीन देशको नागरिकलाई अनुमति नदिने बताएको छ ।

बेलारुसका राष्ट्रपति एलेक्जेन्डर लुकासेन्कोले आप्रवासी सङ्कटलाई लिएर आफ्नो देशमाथि प्रतिबन्धहरू लगाइएमा युरोपको ग्यास आपूर्ति रोकिदिने धम्की दिनुभएकाे छ । बेलारुसको पश्चिमी सीमामा पोल्याण्डतर्फ धेरैजसो इराक, सिरिया र यमनबाट आएका हजारौँ आप्रवासी युरोपेली संघ ईयूको क्षेत्रभित्र प्रवेश गर्ने आशामा निकै चिसो मौसमबीच बसिरहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?