logo
२०८१ जेष्ठ ७ सोमवार



७५ प्रतिशत छात्रा विद्यालय फर्केको अफगान विदेश मन्त्रीको दाबी

अन्तर्राष्ट्रिय |


७५ प्रतिशत छात्रा विद्यालय फर्केको अफगान विदेश मन्त्रीको दाबी


इस्लामावाद, कात्तिक २७ गते । अफगानिस्तानमा गठन भएको तालिबान सरकारले बालिकाहरुलाई पनि फेरि विद्यालय जाने वातावरण बनाइसकिएको दाबी गरेको छ । अन्तरिम तालिबान सरकारका विदेशमन्त्री अमिर खान मुत्ताकीले ७५ प्रतिशत छात्रा विद्यालय फर्किसकेको दाबी गर्नुभएको हो ।

तालिबान सरकारले छात्रालाई विद्यालय जान नदिएको भन्दै आलोचना भइरहेका बेला उहाँले सरकारले छात्रालाई विद्यालय जान दिएको स्पष्ट पार्नु भएको जनाइएको छ । तत्कालिन तालिबान विद्रोही समूहले गत अगस्टमा सत्ता कब्जा गरेपछि केही समय बालिकाहरुलाई विद्यालय जान नदिएको कुरा भने तालिबान नेताहरुले पनि स्विकार गरेका थिए ।

महिलाहरुले रोजगारी गर्न नहुने, सार्वजनिक ठाउँमा जादाँ कम्तीमा एक जना पारिवारिक पुरुष सदस्यसँग जानु पर्ने, विद्यालयमा पनि छुट्टै कोठामा बस्नुपर्ने, लगायतका नियम लगाएका थिए । तालिवान नेताहरुले यो नीतिको विश्वभरीबाट आलोचना र विरोध भएपछि अहिले उनीहरु लचक भएको देखिएको छ ।

तालिवान सरकारले अघिल्लो कार्यकालमा पनि महिलाहरुको स्वतन्त्रता कुण्ठीत गरेको भन्दै धेरै देशहरुले पहिले देखि नै तालिवान सरकारप्रति आशंका गर्दै आएका छन् । अन्य देशहरुले अशंका र असहयोग गरिरहेपछि त्यसलाई न्युनिकरण गर्न भन्दै पाकिस्तानमा विभिन्न देशका कुटनीतिज्ञ र अफगानिस्तानका विदेशमन्त्री बीचको बैठक भएको छ ।

त्यही बैठकका लागि अफगान विदेश मन्त्री पाकिस्तान आउनु भएको हो । अफगानिस्तानको तालिबान सरकारको तर्फबाट पहिलो विदेश भ्रमणका रुपमा उहाँ पाकिस्तान आउनुभएको छ । पाकिस्तान भ्रमणका क्रममा उहाँले अफगानिस्तानका लागि अमेरिकाका विषेश दूत थोमस वेस्टसँग पनि भेटवार्ता गर्नुभएको छ ।

तालिबान सरकारका प्रमुख नेता तथा विदेशमन्त्री मोताक्वी नेतृत्वको उच्चस्तरीय अफगानी टोली औपचारिक भ्रमणका लागि बुधबार बेलुका इस्लामावाद पुगेको हो ।पाकिस्तानमा गत बिहीबार अमेरिका, चीन, रुस र पाकिस्तानका कुटनीतिज्ञहरुसँगै उहाँको बैठक भएको छ । बैठक अफगानिस्तानको अवस्थाका बारेमा छलफल गर्न बोलाइएको थियो।

तालिवान सरकारप्रति आशंका व्यक्त गर्दै असहयोगको नीति लिएको अमेरिका र तालिवान सरकारप्रति निकै सकारात्मक र सहयोगी हुदै आएका चीन, रुस र पाकिस्तानका प्रतिनिधिहरु बैठकमा सहभागी भएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?