logo
२०८१ जेष्ठ ७ सोमवार



भारतीय सेना प्रमुख इजरायलको पाँच दिने भ्रमणमा

अन्तर्राष्ट्रिय |


भारतीय सेना प्रमुख इजरायलको पाँच दिने भ्रमणमा



नयाँ दिल्ली, कात्तिक २८ गते । भारतका सेना प्रमुख एमएम नाराभाने आइतबार इजरायल प्रस्थान गर्नु भएको थियो । दुई देशका बीचमा सहकार्य र सम्वन्ध थप बढाउने नै भ्रमणको मुख्य उद्धेश्य रहेको भारतीय सेनाले जनाएको छ ।

“भावी रणनीतिक सहकार्य र योजनाका लागि दुई देशका बीचमा छलफल गर्न सेना प्रमुख जान लाग्नु भएको हो,” सेनाको आधिकारीक ट्वीटर हेन्डलमा लेखिएको छ ।

भारतका विदेश मन्त्री एस जयशंकर र रक्षा सचिव अजय कुमारले इजरायलले भ्रमण गरेको एक हप्तापछि सेना प्रमुखले भ्रमण गर्नु भएको हो । रणनीतिक हिसावले महत्व राख्ने दुई देशका सेनाको सम्वन्ध विस्तारका लागि सुरु भएको उहाँको पाँच दिने भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?