logo
२०८१ बैशाख २४ सोमवार



सूकीले निर्वाचनमा धाँधली गरेको जुन्ता सरकारको अभियोग

अन्तर्राष्ट्रिय |


सूकीले निर्वाचनमा धाँधली गरेको जुन्ता सरकारको अभियोग


याङ्गुन, कात्तिक ३० गते । म्यानमारको जुन्ता सरकारले अपदस्थ नेतृ आङ साङ सूकीलाई निर्वाचनमा धाँधली गरेको अभियोग लगाएको छ । गत सन् २०२० मा भएको संसदीय निर्वाचनमा सूकीले अनियमितता गरेको सैनिक सरकारको दाबी छ ।म्यानमारको सैनिक नेतृत्वले गत फेब्रुअरी १ तत्कालिन सरकारका पदाधिकारी र राजीतिक दलका नेताहरुलाई अपदस्थ गर्दै नियन्त्रणमा लिएको छ भने सरकार पनि आफ्नो हातमा लिएको छ ।

सैनिकले नेताहरुलाई थुनेर सत्ता हातमा लिएपछि त्यसको विरुद्धमा देशभरी आन्दोलन भइरहेको छ । आन्दोलनका क्रममा केही मृत्यु भएको छ भने केही घाइते भएका छन् । निर्वाचनको नतिजाप्रति असन्तुष्टि जनाउदै सुकीलाई नियन्त्रणमा लिएको सेनाले सूकीमाथी निर्वाचनको विषयलाई समेत लिएर मुद्दा दर्ता गरेको हो ।

म्यामारमा प्रजातन्त्र स्थापनाका लागि लामो संघर्ष गर्नुभएकी ७६ वर्षीया सूकीलाई भ्रष्टाचार गरेको, शक्तिको दुरुपयोग गरेकोलगायतका अन्य मुद्दा पनि लगाइएको छ ।तर उहाँलाई लगाएको मुद्दाहरुका बारेमा पर्याप्त विवरण भने सार्वजनिक गरिएको छैन । सूकीसँगै अन्य १५ जना उच्च अधिकारीलाई पनि यस्तै मुद्दा लगाइएको छ । मुद्दाको सामना गरिरहेकाहरुमा पूर्व राष्ट्रपति विन मिन्ट, निर्वाचन आयोगका पूर्व अध्यक्ष रहनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?