logo
२०८१ जेष्ठ १ मंगलवार



विश्वव्यापी लोकतान्त्रिक मूल्य बलियो बनाउन साझेदारसँग काम गर्न तयार छौं : प्रधानमन्त्री मोदी

अन्तर्राष्ट्रिय |


विश्वव्यापी लोकतान्त्रिक मूल्य बलियो बनाउन साझेदारसँग काम गर्न तयार छौं : प्रधानमन्त्री मोदी


नयाँदिल्ली, मङ्सिर २४ गते । भारत बहुपक्षीय फोरमहरू सहित विश्वव्यापी रूपमा लोकतान्त्रिक मूल्यहरूलाई बलियो बनाउन आफ्ना साझेदारहरूसँग काम गर्न तयार रहेको प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार बताउनुभएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गरेको लोकतन्त्रको शिखर सम्मेलनमा भाग लिएको भोलिपल्ट प्रधानमन्त्री मोदीको उक्त भनाइ आएको हो ।

‘राष्ट्रपति बाइडेनको निमन्त्रणामा लोकतन्त्रको लागि शिखर सम्मेलनमा भाग लिन पाउँदा खुसी छु । विश्वको सबैभन्दा ठूलो लोकतन्त्रको रूपमा, भारत बहुपक्षीय फोरमहरू सहित विश्वव्यापी रूपमा लोकतान्त्रिक मूल्यहरूलाई बलियो बनाउन हाम्रा साझेदारहरूसँग काम गर्न तयार छ,’ प्रधानमन्त्रीको ट्वीटमा उल्लेख गरिएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार लोकतन्त्रका लागि पहिलो शिखर सम्मेलन सुरु गर्नुभएको छ । प्रधानमन्त्री मोदी बाहेक फ्रान्स, क्यानडा, ब्राजिल, अर्जेन्टिना, उरुग्वे, जापान, इजरायललगायतका लगभग ८० देशका विश्व नेताहरूले उद्घाटन भाषणमा भाग लिएका लिनुभएको छ ।

शिखर सम्मेलनले लोकतन्त्रले सामना गर्ने चुनौती र अवसरहरूमा केन्द्रित छ । उक्त शिखर सम्मेलनले नेताहरूलाई व्यक्तिगत र सामूहिक प्रतिबद्धताहरू, सुधारहरू, र लोकतन्त्र र मानवअधिकारको रक्षाका लागि स्वदेश तथा विदेशमा भएका पहलहरू घोषणा गर्न मञ्च प्रदान गर्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?