logo
२०८१ बैशाख २८ शुक्रवार



भारतले अफगानिस्तानमा मेडिकल सामग्री पठायो

अन्तर्राष्ट्रिय |


भारतले अफगानिस्तानमा मेडिकल सामग्री पठायो
तस्विर-फाइल


नयाँदिल्ली, मङ्सिर २५ गते । भारतले अफगानिस्तानबाट हटाइएका भारतीय र अफगानीहरूलाई ल्याएको फिर्ती उडानमार्फत् काबुलमा मेडिकल सामग्री पठाएको छ विदेश मन्त्रालयले शनिबार जनाएको छ ।

यी औषधिहरू काबुलमा रहेको विश्व स्वास्थ्य संगठन (WHO)का प्रतिनिधिहरूलाई हस्तान्तरण गरिनेछ ।

अफगानिस्तानमा चुनौतीपूर्ण मानवीय अवस्थालाई ध्यानमा राख्दै भारत सरकारले आज फिर्ती उडानमा चिकित्सा आपूर्तिको खेप पठाएको छ विदेश मन्त्रालयले जनाएको छ ।

शुक्रबार विशेष उडानले अफगानिस्तानबाट हिन्दू/सिख अल्पसंख्यक समुदायका सदस्यहरू सहित १० भारतीय र ९४ जना अफगानीहरूलाई भारतले देवी शक्ति अपरेशन अन्तर्गत राष्ट्रिय राजधानीमा ल्याएको विदेश मन्त्रालयले जनाएको छ ।

‘अपरेसन देवी शक्ति’ अन्तर्गत अफगानिस्तानबाट कुल ६६९ जनालाई अहिले बाहिर निकालिएको मन्त्रालयले जनाएको छ जसमा सयौं भारतीय र अफगानीहरू छन् । त्यसमा पनि अफगान हिन्दूरसिख अल्पसंख्यक समुदायका सदस्यहरू रहेका छन् ।

सन् २०२१ को अगस्ट महिनाको शुरुमा अफगानिस्तानबाट ४३८ भारतीयसहित ५६५ जनालाई बाहिर निकालिएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?