logo
२०८१ बैशाख २८ शुक्रवार



भारतमा थप सात हजार ३५० कोरोना सङ्क्रमित

अन्तर्राष्ट्रिय |


भारतमा थप सात हजार ३५० कोरोना सङ्क्रमित


नयाँदिल्ली, मङ्सिर २७ गते । भारतमा गत २४ घण्टामा सात हजार ३५० जनामा कोरोना सङ्क्रमण देखापरेको छ । यसै अवधीमा कोरोना सङ्क्रमणबाट २०२ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी दिएको छ । भारतमा अझै पनि ९१ हजार ४५६ जना सक्रिय सङ्क्रमित रहेका सो मन्त्रालयले सोमबार जनाएको छ । यो संख्या ५६१ दिनयताको नै सबभन्दा कम भएको पनि समाचारमा जनाइएको छ । सक्रिय सङ्क्रमितको यो सङ्ख्या कुल सङ्क्रमितको १ प्रतिशतभन्दा कम भएको जनाइएको छ ।

सक्रिय सङ्क्रमितको यो सङ्ख्या ०.२६ प्रतिशत रहेको समाचारमा जनाइएको छ । यो संख्या सन् २०२० मार्चपछिको सबभन्दा कम हो । भारतमा कोरोना शुरु भएबाट हालसम्म चार लाख ७५ हजार ६३६ जनाको कोरोना सङ्क्रमणको कारण मृत्यु भएको छ । गएको २४ घण्टामा भारतमा सात हजार ९७३ कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना शुरु भएयता हालसम्म तीन करोड ४१ लाख ३० हजार ७६८ लाई कोरोनाको सङ्क्रमण निको भएको छ । भारतमा कोरोना भाइरस निको हुने दर ९८.३७ प्रतिशत रहेको जनाइएको छ । यो सङ्ख्या सन् २०२० को मार्चपछि सबभन्दा बढी भएको सामाचारमा जनाइएको छ ।

भारतमा कोरोना शुरु भएदेखि हालसम्म ६५ करोड ६६ लाख व्यक्तिको कोरोना परीक्षण भएको छ । यहाँ गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्व ३३ करोड १७ लाख डोज खोप लगाइएको जनाइएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?