logo
२०८१ बैशाख २८ शुक्रवार



अमेरिकामा गोली प्रहार एकको मृत्यु, १४ घाइते

अन्तर्राष्ट्रिय |


अमेरिकामा गोली प्रहार एकको मृत्यु, १४ घाइते


टेक्सास, मङ्सिर २७ गते । अमेरिकाको टेक्सासमा गोली चल्दा कम्तीमा एक जनाको मृत्यु भएको छ । देशको दक्षिणी क्षेत्रमा भएको घटनामा परी अरु १४ जना घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् । घाइते भएका मध्ये एक जनाको घटनास्थलमै मृत्यु भएपनि बाँकी तीन जनाको अवस्था गम्भीर रहेको चिकित्सकहरुको भनाई छ ।

सवै घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घटना आइतबार राती भएको हो । भिडभाड र हल्ला भइरहेको बेला अज्ञात व्यक्तिले गोली प्रहार गरेको अधिकारीहरुले जानकारी दिएका छन् । घटनाका बारेमा विस्तृत अनुसन्धान भइरहेको समाचारमा जनाइएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?