logo
२०८१ बैशाख २१ शुक्रवार



हाइटीमा ग्यास ट्रक विस्फोट ६२ जनाको मृत्यु

अन्तर्राष्ट्रिय |


हाइटीमा ग्यास ट्रक विस्फोट ६२ जनाको मृत्यु
सांकेतिक तस्बिर


हाइटी, मङ्सिर २९ गते । हाइटीमा मङ्गलबार भएको ठूलो ग्यास ट्रक विस्फोटमा परी कम्तीमा ६२ जनाको मृत्यु भएको छ ।गरिबीले ग्रस्त क्यारिबियन यस राष्ट्रको राजधानी हाइटीको दोस्रो सहर क्याप–हाइटियनमा सो विस्फोट भएको छ । प्रधानमन्त्री एरियल हेनरीले घटनास्थलको भ्रमण गर्नुको साथै स्थानीय अस्पतालमा दर्जनौं घाइतेसँगै भेटघाट गर्नुभएको बताइएको छ ।

त्रासदीको सामना र यस दुर्घटनामा परेकाका लागि मद्दत गर्न आपतकालीन कोषहरु खर्च गरिने उहाँले ट्वीटमार्फत घोषणा गर्नुभएको छ । विष्फोटमा वरपरका भवनहरु जलेर नष्ट भएका छन् । घटनास्थलमा भीड जम्मा भएका , केही मृतकहरूकाे शरीर सडकमा छोडिएकाे बताइएको छ ।

‘हामीले अहिलेसम्म ६२ जनाको मृत्यु भएको गन्ती गरेका छौं,’ डेपुटी मेयर प्याट्रिक अल्मोनोरले भन्नुभएको छ , सरकारी अधिकारीहरुले अझै नजिकैका भवनहरूमा पीडितहरूको खोजी गरिरहेका बताइएको छ ।कैयौ मानिसलाई जिउँदो जलेको देखेको अल्मोनोरले एक डरलाग्दो दृश्यको वर्णन गर्नुहुँदै जलेका ती व्यक्तिहरुको पहिचान गर्न असम्भव भएको पनि उहाँँले बताउनुभएको छ ।

मोटरसाइकल र ट्याक्सी जोगिनका लागि गुड्ने क्रममा चालकले नियन्त्रण गुमाएपछि ट्रक पल्टिएको अनुमान गरिएको छ । हाइटीको नागरिक सुरक्षा विभागले ट्रक दुर्घटना भएको पुष्टि गरेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?