logo
२०८१ बैशाख २९ शनिवार



द्वन्द्वका बीच २५ सयभन्दा बढी म्यानमार शरणार्थी थाइल्याण्ड पलायन

अन्तर्राष्ट्रिय |


द्वन्द्वका बीच २५ सयभन्दा बढी म्यानमार शरणार्थी थाइल्याण्ड पलायन
तस्विर-फाइल


बैंकक, पुस ३ गते । म्यानमार सेना र विद्रोहीहरू बीचको द्वन्द्वबाट बच्न विगत दुई दिनमा २५ सयभन्दा बढी मानिसहरू म्यानमारबाट थाइल्याण्ड प्रवेश गरेको स्पुतनिकले थाइ मिडियालाई उद्धृत गर्दै शुक्रबार उल्लेख गरेको छ ।

द्वन्द्वग्रस्त करेन राज्यको सिमानामा रहेको थाइ प्रान्तको नेतृत्व गर्ने सोमचाइ किचारोएनरुन्ग्रोजले थाइ पब्लिक ब्रोडकास्टिङ सर्भिसको प्रतिवेदनमा शरणार्थीहरूमा सयौं बालबालिका रहेको बताएका छन् ।

थाइ अधिकारीहरूले सबैलाई खाना र आश्रय उपलब्ध गराउन काम गरिरहेको उनले उल्लेख गरेका छन् ।

हालैका हप्ताहरूमा, संयुक्त राष्ट्रसंघ मानव अधिकार कार्यालयले धार्मिक पूजास्थल र आवासीय भवनहरू जस्ता संरक्षित संरचनाहरू सहित गाउँहरू जलाइएको थुप्रै रिपोर्टहरू प्राप्त गरेको जनाएको छ ।

कोलभिलले भने विद्रोहपछि जनरल मिन आङ ह्लिङको सेनाले देशका जनताको रक्षा गर्ने अन्तर्राष्ट्रिय कानून अन्तर्गत आफ्नो दायित्वहरूको सम्मान गर्न बारम्बार असफल भएको छ ।

करेन नेशनल युनियनका जातीय अल्पसंख्यक पृथकतावादीहरू र फेब्रुअरी १ बाट सत्तामा रहेको म्यानमारको सैन्य सरकारप्रति बफादार सेनाहरू बीचको झडप यस हप्ता सैनिकहरूले उक्त प्रान्तमा आक्रमण गरेपछि शुरु भएको हो ।
फलस्वरूप १३ सयभन्दा बढी व्यक्तिहरूले ज्यान गुमाएका छन् भने अन्य १० हजार छ सय हिरासतमा छन्।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?