logo
२०८० चैत्र १५ बिहीवार



फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या २०८ पुग्यो

अन्तर्राष्ट्रिय |


फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या २०८ पुग्यो


मनिला, पुस ५ गते । फिलिपिन्समा यसवर्षको सबैभन्दा शक्तिशाली आँधीमा परी मृत्यु हुनेको सङ्ख्या २०८ पुगेको छ । योसँगै विनाशकारी टापुहरूमा पानी र खाद्यान्न पु-याउने प्रयासहरू बढ्दै गएको छ । हालैका वर्षहरुमा फिलिपिन्स आएको घातक आँधी मध्ये एक भएको जनाइएको छ ।

राई आँधीले द्वीपसमूहको दक्षिणी र मध्य क्षेत्रलाई तहसनहस पारेपछि कम्तीमा २३९ जना घाइते भएका र ५२ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । यस आँधीको कारण यस क्षेत्रका तीन लाखभन्दा बढी मानिस आफ्नो घर र समुद्र तटको रिसोर्ट छोडेर भागेका थिए ।

आँधीले धेरै क्षेत्रमा सञ्चार र बिजुली अवरुद्ध पारेको छ । छाना उडाएको छ । बिजुलीका पोल ढलेका छन् र गाउँ बाढीमा परेका छन् । राईले गत बिहीबार प्रतिघण्टा १९५ किलोमिटर (१२० माइल) गतिको हावाको गतिमा आएको सुपर टाइफुनको रूपमा देशमा प्रहार गरेको थियो । सबैभन्दा बढी प्रभावित क्षेत्रमा खोजी र उद्धार कार्यमा सहयोग गर्न हजारौँ सेना, प्रहरी, तटरक्षक र दमकल खटिएका छन् । खाना, पानी र चिकित्सा आपूर्ति बोकेका नौसेनाका जहाजहरू प्रभावित क्षेत्रतर्फ पठाइँदै छन् ।

परोपकारी र आपत्कालीन सेवाहरूले चन्दाका लागि अपिल गरेका छन् । सन् २०१३ मा आएको हाइयान नामक आँधी यस देशको इतिहार घातक रहेको यसमा परी सात हजार तीन सय व्यक्तिको मृत्यु वा बेपत्ता भएका थिए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?