logo
२०८१ बैशाख ३० आईतवार



भारतमा थप पाँच हजार ३२६ जना कोरोना सङ्क्रमित

अन्तर्राष्ट्रिय |


भारतमा थप पाँच हजार ३२६ जना कोरोना सङ्क्रमित


नयाँदिल्ली, पुस ६ गते । भारतमा कोरोना भाइरसबाट थप पाँच हजार ३२६ सङ्क्रमित भएका छन् । सङ्क्रमितको यो सङ्ख्या ५८१ दिनको नै सबभन्दा कम भएको केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । सोही अवधिमा थप ४५३ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । यसैसँगै भारतमा कोरोनाको कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या चार लाख ७८ हजार ७ पुगेको मन्त्रालयले थप जानकारी दिएको छ ।

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या ७९ हजार ९७ छ । अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या कुल सङ्क्रमितको सङ्ख्याको ०.२४ प्रतिशत मात्रै रहेको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको यो सङ्ख्या ५७४ दिनको नै सबभन्दा कम रहेको अधिकारीले जनाएका छन् ।

गएको २४ घण्टामा भारतमा आठ हजार ४३ कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना शुरु भएयता हालसम्म तीन करोड ४१ लाख ९५ हजार ६० जनालाई कोरोना सङ्क्रमण निको भएका छन् । भारतमा कोरोना भाइरस निको हुने दर ९८.४० प्रतिशत रहेको जनाइएको छ । यो सङ्ख्या सन् २०२० को मार्चपछि सबभन्दा बढी भएको समाचारमा जनाइएको छ ।

भारतमा कोरोना सुरु भएदेखि हालसम्म ६६ करोड ६१ लाखभन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ । यहाँ गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ३८ करोड ३५ लाखभन्दा बढी डोज खोप लगाइएको जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?