logo
२०८१ बैशाख १७ सोमवार



भारतमा थप नौ हजार १९५ जना कोरोना सङ्क्रमित

अन्तर्राष्ट्रिय |


भारतमा थप नौ हजार १९५ जना कोरोना सङ्क्रमित


नयाँदिल्ली, पुस १४ गते । भारतमा कोरोना भाइरसबाट थप नौ हजार १९५ सङ्क्रमित केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ । गत २४ घण्टामा थपिएका सङ्क्रमितमध्ये ७८१ जना ओमिक्रोन भेरियन्टका छन् । यसैसँगै भारतमा कुल कोरोना सङ्क्रमित सङ्ख्या तीन करोड ४८ लाख आठ हजार ८८६ पुगेका पनि सो मन्त्रालयले जानकारी दिएको छ ।

सोही अवधिमा थप ३०२ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । यसैसँगै भारतमा कोरोनाको कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या चार लाख ८० हजार ५९२ पुगेको मन्त्रालयले थप जानकारी दिएको छ ।भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या ७७ हजार २ जना छन् । अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या कुल सङ्क्रमितको सङ्ख्याको ०.२२ प्रतिशत मात्रै रहेको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको यो सङ्ख्या सन् २०२० मार्चपछि सबभन्दा कम भएको समाचारमा जनाइएको छ ।

गएको २४ घण्टामा भारतमा सात हजार ३४७ जना कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना सुरु भएयता हालसम्म तीन करोड ४२ लाख ५१ हजार २९२ जनालाई कोरोना सङ्क्रमण निको भएका छन् । भारतमा कोरोना भाइरस निको हुने दर ९८.४० प्रतिशत रहेको जनाइएको छ । यो सङ्ख्या सन् २०२० को मार्चपछि सबभन्दा बढी भएको समाचारमा जनाइएको छ ।

भारतमा कोरोना सुरु भएदेखि हालसम्म ६७ करोड ४१ लाखभन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ । यहाँ जनवरी १६ सन् २०२१ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ४३ करोड १५ लाख ३५ हजार ६४१ भन्दा बढी डोज खोप लगाइएको जनाइएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?