logo
२०८१ बैशाख १७ सोमवार



बिहीबार विश्वभर २८ सयभन्दा बढी उडान रद्द, १२ हजार विलम्ब

अन्तर्राष्ट्रिय |


बिहीबार विश्वभर २८ सयभन्दा बढी उडान रद्द, १२ हजार विलम्ब


वासिङ्टन, पुस १६ गते । कोरोनाभाइरसको ओमिक्रोन संस्करणले एयरलाइन्सहरूमा कर्मचारी अभावका कारण बिहीबार विश्वभर २८ सयभन्दा बढी उडानहरू रद्द भएका छन् भने झण्डै १२ हजारभन्दा बढीको उडानमा विलम्ब भएको ट्रयाकिङ वेबसाइट फ्लाइटअवेयरले देखाएको छ ।

‘हामी २ जनवरी २०२२ भन्दा पहिले निर्धारित गैर–आवश्यक यात्रा गर्ने यात्रुहरूलाई हाम्रो लचिलो ट्राभल नीति प्रयोग गरी आफ्नो यात्रालाई पछिको मितिमा परिवर्तन गर्न विचार गर्न दृढताका साथ आग्रह गर्दछौं,’ जेटब्लुले विज्ञप्तिमा यात्रुहरूलाई अनावश्यक उडानहरू पुनः तालिकाबद्ध गर्ने बारे सोच्न प्रोत्साहित गर्दै उक्त आग्रह गरेको छ ।

ओमिक्रोन भेरियन्टले संयुक्त राज्य अमेरिकालाई नराम्ररी प्रभावित पारेको र जाडो मौसमले थप उडानहरू रद्द गरेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?