logo
२०८१ बैशाख १७ सोमवार



चीनमा भूकम्पमा परी २२ जना घाइते

अन्तर्राष्ट्रिय |


चीनमा भूकम्पमा परी २२ जना घाइते


बेइजिङ, पुस १९ गते । दक्षिणपश्चिम चीनको युनान प्रान्तको निङ्लाङ काउन्टीमा आइतबार आएको ५.५ म्याग्निच्युडको भूकम्पमा परी २२ जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले अधिकारीहरूलाई उद्धृत गर्दै जानकारी दिएका छन् ।

चीनको दक्षिणपश्चिमी युनान प्रान्तको लिजियाङ शहरमा ५.५ म्याग्निच्युडको भूकम्प गएको चाइना अर्थक्वेक नेटवर्क सेन्टर(CENC)ले पुष्टि गरेको छ । आइतबार (बेइजिङ समय) दिउँसो ३ः०२ बजे भूकम्पको धक्का महसुस गरिएको सिन्ह्वाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?