logo
२०८१ बैशाख १६ आईतवार



भारतद्वारा अफगानिस्तानलाई थप ५ लाख डोज कोभ्याक्सिनप्रदान

अन्तर्राष्ट्रिय |


भारतद्वारा अफगानिस्तानलाई थप ५ लाख  डोज कोभ्याक्सिनप्रदान


नयाँ दिल्लीे, पुस १९ गते । भारत बायोटेकले सोमबार अफगानिस्तानलाई कोभिड–१९ खोप, कोभ्याक्सिनको पाँच लाख डोज प्रदान गरेको छ ।

ट्विटरमा भारत बायोटेकले 'आज भारतले अफगानिस्तानलाई कोभिड भ्याक्सिन कोभ्याक्सिनको पाँच लाख डोजसहितको मानवीय सहायताको अर्को शृङ्खला प्रदान गरेको छ । त्यो इन्दिरा गान्धी अस्पताल, काबुललाई हस्तान्तरण गरिएको छ ।' आगामी सातामा थप ५ लाख डोजको अर्को ब्याच आपूर्ति गरिने पनि जानकारी दिइएको छ ।

कोभ्याक्सिनको पाँच लाख डोज रहेको मानवीय सहायताको अन्तिम ब्याच जनवरी १ मा अफगानिस्तानलाई आपूर्ति गरिएको थियो ।

भारतले अफगान जनतालाई खाद्यान्न, कोभिड–१९ खोपको १० लाख डोज र जीवन बचाउने आवश्यक औषधिहरू समावेश गरी मानवीय सहायता उपलब्ध गराउन प्रतिबद्ध छ।

गत महिनाको शुरुमा भारतले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) मार्फत अफगानिस्तानलाई १।६ टन चिकित्सा सहायता पुर्याएको थियो।

तालिबानले अगस्ट १५ मा काबुललाई आफ्नो नियन्त्रणमा लिएको थियो र यसपछि देश गहिरो आर्थिक, मानवीय र सुरक्षा सङ्कटमा परेको छ ।

वैदेशिक सहायताको निलम्बन, अफगान सरकारको सम्पत्ति रोक्का गर्ने र तालिबानमाथिको अन्तर्राष्ट्रिय प्रतिबन्ध आदिको कारणले उच्च गरिबीबाट पीडित हाल आर्थिक सङ्कटमा फसेको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?