logo
२०८० चैत्र १५ बिहीवार



कजाकिस्तानमा रेल यातायात पूर्ण सञ्चालनमा

अन्तर्राष्ट्रिय |


कजाकिस्तानमा रेल यातायात पूर्ण सञ्चालनमा


काजाकिस्तान, पुस २४ गते । कजाकस्तानले नागरिक अशान्तिले अवरुद्ध भएको यात्रु रेल यातायात पूर्णरूपमा सञ्चालन गरेको स्पुतनिक कजाकिस्तानका एक संवाददाताले कजाकिस्तानको राष्ट्रिय रेलवे कम्पनी टेमिर झोली (KTZ) लाई उद्धृत गर्दै जनाएका छन् ।

के टि जेट ले इन्टरनेटको पहुँच बिना टिकटहरू किन्नको लागि डिजिटल प्लेटफर्म पनि खोलेको छ । झानोजेन र अक्ताउका बासिन्दाहरूले तरल पेट्रोलियम ग्यासको मूल्यमा दुई गुणा वृद्धिको विरोध गरेपछि कजाकिस्तानमा व्यापक विरोध प्रदर्शन बएको थियो। त्यसपछि विरोध प्रदर्शन अन्य शहरहरूमा फैलियोजसको परिणामस्वरूप हिंसात्मक झडप, लुटपाट र तोडफोड भयो ।

राष्ट्रपति कासिम(जोमार्ट तोकायेभले जनवरी १९ सम्म आपतकालीन अवस्थाको घोषणा गरेर स्थिति नियन्त्रणमा ल्याउन सामूहिक सुरक्षा सन्धि संगठन शान्ति सेनालाई आमन्त्रित गर्नुभएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?