logo
२०७९ जेष्ठ १२ बिहीवार



दक्षिणी यमनमा बारुदी सुरुङ विस्फोट हुँदा ५ जनाको मृत्यु

अन्तर्राष्ट्रिय |


दक्षिणी यमनमा बारुदी सुरुङ विस्फोट हुँदा ५ जनाको मृत्यु
सांकेतिक तस्बिर


एडेन, पुस २५ गते । यमनको दक्षिणी प्रान्त शाब्वामा शनिबार भएको बारुदी सुरुङ विस्फोटमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको एक सैनिक अधिकारीले सिन्ह्वालाई बताएका छन् ।

यी विस्फोटक ल्यान्डमाइनहरू हुथी मिलिशियाले शाब्वाको उसलान जिल्लाबाट फिर्ता हुनु अघि राखेको हुन सक्ने स्थानीय सैन्य स्रोतले नाम नभन्ने सर्तमा जानकारी दिएका छन् ।

सरकार समर्थक सेनाहरूसँग सम्बद्ध विस्फोटक विशेषज्ञहरूको टोलीले शाब्वामा हुथीद्वारा बिछ्याइएको बारुदी सुरुङ्ग भत्काउन अभियान शुरु गरेको जनाइएको छ ।

पछिल्ला दिनहरूमा सरकार समर्थक सेनाहरूले शाब्वामा हुथीहरू विरुद्ध ठूलो मात्रामा सैन्य कारबाही शुरु गरेर उसैलान लगायतका प्रमुख जिल्लाहरूबाट विद्रोहीहरूलाई बाहिर निकाल्न सफल भएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?