logo
२०८१ बैशाख १३ बिहीवार



गत वर्षमात्र नाइजेरियामा बन्दुकधारीद्वारा एक हजार १९२ को हत्या

अन्तर्राष्ट्रिय |


गत वर्षमात्र नाइजेरियामा बन्दुकधारीद्वारा एक हजार १९२ को हत्या


लागोस, माघ १९ गते । नाइजेरियामा गत वर्षमात्र बन्दुकधारीहरुले एक हजारभन्दा बढी नागरिकको हत्या गरेका छन् । प्राप्त समाचारअनुसार यहाँका बोको हराम आतंककारीहरुले सन् २०२१ मा मात्र १ हजार १९२ जनाको हत्या गरेका हुन् ।

साथै उनीहरुले गत वर्षमात्र ३ हजार ३४८ जनालाई अपहरण गरेका थिए । यीमध्ये नाइजेरियाको उत्तर पश्चिमी क्षेत्र कादुनाका बढी नागरिक शिकार भएका हुन् । कादुना प्रान्तको प्रान्तीय सरकारले मंगलबार सोसम्बन्धी रिपोर्ट प्रकाशन गरेको हो ।

साथै गतवर्ष मात्र यहाँका ८९१ जना घाइते भएका छन् । उनीहरुलाई पनि आतंककारीले गोली हानी घाइते बनाएका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?