logo
२०८१ बैशाख १३ बिहीवार



अर्जेन्टिनामा कोकिनको विषाक्तताबाट मृत्यु हुनेको सङ्ख्या २३ पुग्यो

अन्तर्राष्ट्रिय |


अर्जेन्टिनामा कोकिनको विषाक्तताबाट मृत्यु हुनेको सङ्ख्या २३ पुग्यो
सांकेतिक तस्बिर


ब्युनसअायर्स, माघ २१ गते । अर्जेन्टिनाको ब्युनस आयर्स प्रान्तमा विषाक्त कोकिन सेवनबाट मृत्यु हुनेको सङ्ख्या २३ पुगेको छ भने ८४ जनालाई अस्पताल भर्ना गरिएको छ ।

अर्जेन्टिनाको स्वास्थ्य मन्त्रालयले देशमा विषाक्तताका नयाँ घटनाहरूको अनुगमन गर्न विशेष समिति गठन गरेको छ । विज्ञहरू कोकिनमा मिसाइएको पदार्थ पत्ता लगाउन प्रयास गरिरहेका छन् । अधिकारीहरूले यसमा मुसाको विष परेको हुनसक्छ भन्ने कुरालाई अस्वीकार भने गरेका छैनन् । ब्युनस आयर्सका सुरक्षा मन्त्री सर्जियो बर्नीले पछिल्लो २४ घण्टाभित्र कोकिन किनेका मानिसहरूलाई काेकिन फ्याँक्न आग्रह गरेका छन् ।

अर्जेन्टिना प्रहरीले घटनाको अनुसन्धान शुरु गरेको र थुप्रै सन्दिग्ध व्यक्तिहरूलाई हिरासतमा लिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?