logo
२०८१ बैशाख १५ शनिवार



बङ्गलादेश चीनको ऋणको जालमा परेको छैन - विदेशमन्त्री

अन्तर्राष्ट्रिय |


बङ्गलादेश चीनको ऋणको जालमा परेको छैन - विदेशमन्त्री


बङ्गलादेश, माघ २३ गते । बङ्गलादेशका विदेशमन्त्री एके अब्दुल मोमेनले ढाका चिनियाँ "ऋणको जाल" मा परेको दाबीलाई खारेज गरेको सिन्ह्वाले उल्लेख गरेको छ। शनिबार ढाकामा आयोजित एक कार्यक्रममा सहभागी भइसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै मोमेनले बङ्गलादेशलाई चीनले दिएको ऋण मुलुकको बाह्य ऋणको सानो अंश मात्रै रहेको बताएका छन् ।

सिन्ह्वाका अनुसार मन्त्रीले "ऋण जाल चिन्ता" भनेको चीनको बेल्ट एण्ड रोड इनिसिएटिभलाई ध्वस्त पार्ने र बेइजिङ र ढाका वा यस क्षेत्र र बाहिरका अन्य देशहरूबीचको सहयोगलाई रोक्नका लागि गरिएको स्पष्ट प्रयास हो भनेका छन्।

ऋण-जीडीपी अनुपातको सन्दर्भमा मन्त्रीले भने बङ्गलादेशको कुल ऋण १५ प्रतिशत वा लगभग १६ प्रतिशतभन्दा बढी छ। मोमेनले भने कुनै पनि देशको ऋण कुल गार्हस्थ उत्पादनको झण्डै ४० प्रतिशत हुँदा ऋणमा फसेको भन्ने हुन्छ ।

बङ्गलादेशले अहिलेसम्म विश्व बैंक, एसियाली विकास बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषबाट सबैभन्दा बढी ऋण लिएको बताउँदै मोमेनले भने, ‘विदेशी स्रोतबाट लिने हाम्रो कुल ऋणको पाँच प्रतिशत पनि चिनियाँ ऋण पुगेको छैन ।

मोमेनले कथित अधिकार दुरुपयोगको आरोपमा देशको र्यापिड एक्शन बटालियनका अधिकारीहरूमाथि अमेरिकी प्रतिबन्धको आलोचना गरेपछि यो कदम "धेरै दुर्भाग्यपूर्ण" र "तथ्यमा आधारित नभएको" भएको भन्दै आएको छ।  –(रासस-एएनआई)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?