logo
२०८० चैत्र १५ बिहीवार



अफगानिस्तानबाट चार महिनामा १० लाखभन्दा बढी बाहिरिए

अन्तर्राष्ट्रिय |


अफगानिस्तानबाट चार  महिनामा १० लाखभन्दा बढी बाहिरिए


काबुल, माघ २३ गते । पछिल्लो चार महिनामा १० लाखभन्दा बढी अफगानिस्तानीले देश छाडेको स्थानीय मिडियाले न्युयोर्क टाइम्सलाई उद्धृत गर्दै उल्लेख गरेको छ ।

टोलो न्युजका अनुसार अधिकांश आप्रवासीहरू सीमा क्षेत्र पार गरेर इरान र पाकिस्तान पुगेका छन् । एक निजी यातायात उद्योगका प्रमुखले दैनिक चार हजार मानिस इरान जाने गरेको बताएका छन् ।

‘समस्याहरू सबैलाई स्पष्ट छन् । त्यहाँ गरिबी, बेरोजगारी र युवाहरूको लागि शैक्षिक अवसर छैन,’ टोलो न्यूजका अनुसार उनले भने ।

‘म बाहिर जान चाहन्छु किनभने म मेरो छोराछोरी–दुई केटा र दुई छोरी– राम्रो वातावरणमा आफ्नो पढाइ जारी राख्न चाहन्छु,’ उनले थपे ।

उनले उच्च शिक्षा मन्त्रालयमा १० वर्ष काम गरेका थिए । अयुबीले अफगानिस्तानमा आफ्नो र उनको परिवारको लागि जीवन कठिन भएको बताउँदै आफू इरान जान चाहेको उल्लेख गरेका छन् ।

हेरात प्रान्तका धेरै यात्रुहरू यातायात उद्योगका प्रमुखहरूले भने अनुसार इरानको सीमा पार गर्न खोज्ने मानिसहरू नै छन् । ती मध्ये केही पाकिस्तान पनि जाने गरेको बताए ।

एक यातायात कम्पनीका प्रमुख इस्माइल जावानमर्द अमरखेलले भने, “हामी यहाँ ९काबुल० बाट कान्दाहार, निमरोज र हेरात प्रान्तमा हरेक दिन ३,५०० देखि ४,००० मानिसलाई लैजान्छौं ।

न्युयोर्क टाइम्सले सामूहिक आप्रवासनले यस क्षेत्र र युरोपमा २०१५ को आप्रवासी संकटको पुनरावृत्तिको जस्तै चिन्ता बढाएको छ । त्यतिबेला १० लाखभन्दा बढी मानिसहरू प्रायः सिरियालीहरूले युरोपमा शरण खोजेका थिए ।

यद्यपि, तत्काल आर्थिक सङ्कटको कारण धेरैले देश छाड्ने छनौट गरिरहेका छन् । तालिबान शासनमा महिलाहरूमाथिको प्रतिबन्ध र बदलाको डरले थप सङ्कट बढाएको छ। त्यसैगरी इरानमा शरणार्थी अधिकार रक्षकहरूले इरानमा अफगान शरणार्थीहरूको स्थिति बारे थप चिन्ता व्यक्त गरेका छन् ।

‘इरानमा रहेका अफगान शरणार्थीहरूले काममा पहुँच र शरणार्थी परिचयपत्रको अभाव जस्ता विभिन्न चुनौतीहरूको सामना गरिरहेका छन् । शरणार्थीलाई सधैं फिर्ता पठाइने जोखिममा हुन्छन्,’ शरणार्थी अधिकारकर्मी नकिबुल्लाह रसिखले भने ।

इस्लामिक इमिरेट्सले अफगानिस्तानमा आर्थिक र मानवीय सङ्कटको सामना गर्न प्रयास भइरहेको बताएको छ ।

इस्लामिक इमिरेट्सका उपप्रवक्ता बिलाल करीमीले भने, ‘इस्लामिक इमिरेट्सको तथ्याङ्कले दैनिक रूपमा अफगानिस्तानबाट १,५०० देखि २,००० मानिसहरू इरान जाने गरेको देखाउँछ ।’

इरान प्रवेश गर्ने धेरै आप्रवासीहरू टर्कीको सीमा पार गर्न र त्यहाँबाट शरणका लागि युरोप जान खोजिरहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?