logo
२०८१ बैशाख १३ बिहीवार



क्यानाडाको राजधानीमा सङ्कटकाल घोषणा

अन्तर्राष्ट्रिय |


क्यानाडाको राजधानीमा सङ्कटकाल घोषणा


मोन्ट्रेल, माघ २४ गते । क्यानाडाको राजधानी ओटावामा सङ्कटकाल घोषणा गरिएको छ । ट्रक चालकहरुको आन्दोलन अनियन्त्रित र हिंसात्मक बन्दै गएको भन्दै स्थानीय सरकारले सङ्कटकालको घोषणा गरेको हो ।

कोरोना भाइरसविरुद्धको खोप लगाउनुपर्ने लगायतका कतिपय प्रतिबन्धात्मक व्यवस्थाका विरुद्धमा ट्रक चालकहरुले केही दिनदेखि राजधानी केन्द्रित आन्दोलन गर्दै आएका छन् । ओटावाका नगरप्रमुख जीम वाट्सनले राजधानी सहर नियन्त्रणबाहिर गएकाले नियन्त्रणमा राख्नका लागि सङ्कटकाल घोषणा गरिएको जानकारी दिनुभएको छ ।

आन्दोलनकारी ट्रक चालकहरुले निरन्तर हर्न र साइरन बजाउने र पटाका पड्काउनेलगायतका क्रियाकलाप गरेर सहरवासीलाई आजित बनाएको उहाँले दावी गर्नुभयो । चालकहरुले सडकमा टेन्ट र गाडीहरू राखेर अवरोध सिर्जना गर्दा यातायात सेवा नै अस्तव्यस्त भएर नगरवासीलाई समस्या भएको छ । साथै आपतकालीन सेवासमेत अवरुद्ध भएको उहाँको भनाइ छ ।

उहाँले सङ्कटकालको नियम नमान्ने र सहरमा अशान्ति मच्चाउनेलाई प्रहरीले गिरफ्तार गर्ने र कानूनी कारबाही गर्ने चेतावनी पनि दिनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?